×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम: यी तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा

आजको मौसम: यी तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं- देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ। आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहको छ। प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम सवज्ञान विभागले जनाएको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ। वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ।

प्रतिकृया दिनुहोस्