×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान गर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

राउत र सुवेदीको इजलासले रुपाको रिटमा सुनुवाइ गर्दै भनेको छ- ‘निवेदकले श्रेष्ठविरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकोले सो जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू/गराउनू ।’

यसअघि आफूलाई थर (जात) कै कारण डेरा नदिएको भन्दै रुपाले काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रधानलाई मन्त्री श्रेष्ठले छुटाएर आफ्नै गाडीमा बसाएर घरसम्म लगेका थिए ।

त्यसपछि रुपाले जातीय विभेदलाई बढावा दिन खोज्ने घरबेटीलाई सरकारको मान्छेले नै रिहा गरेको भन्दै सर्वोच्चमा रिट दिएकी थिइन् ।

 
 

प्रतिकृया दिनुहोस्