×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले कोहीसँग पूर्वाग्रह राख्नुहुन्न : आरजू

देउवाले कोहीसँग पूर्वाग्रह राख्नुहुन्न : आरजू

काठमाडौँ- नेपाली कांग्रेसका नेता आरजू देउवाले प्रधान मन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले कोहीसकैसँग पूर्वाग्रह नराख्ने दाबी गरेकी छन् । देउवापत्नी आरजूले उनीसँग चाँडै रिसाउने बानी भएपनि वैरभाव भने कोहीसँग नराख्ने बताइन् । जारी १४औं महाधिवेशनमा पत्रकारहरूसँग कुराकानी गर्दै आरजूले भनिन्, ‘उहाँ एकदमै चाँडै रिसाउनुहुन्छ । तर बिर्सिहाल्नु हुन्छ । पूर्वाग्रह राख्नुहुन्न ।’

गृहमन्त्री भइसकेपछि आफूले कुनै बेला देउवालाई ‘तपाईं जेलमा छँदा यातना दिने प्रहरी देख्दा कस्तो लाग्छ ?’ भनेर सोधेको तर, देउवाले त्यसलाई प्रहरीको कर्तव्यसँग जोडेर व्याख्या गरेको आरजूले बताइन् । ‘उहाँले त्यो उसको ड्यूटीको कुरा थियो । त्यो उसको बर्दीको कुरा थियो । मैले कसरी पूर्वाग्रह राख्न मिल्छ भन्नु भा’थ्यो,’ आरजूले भनिन्  यस्तै उनले देउवा र प्रचण्ड ‘बेस्ट फ्रेन्ड’ भएको बताइन् । ‘कुनै बेला एकजनाले टाउकोको मूल्य राखेको ? अर्कोले झन्डै मारेको । कस्तो मारामार थियो । तर आज दुवै जना बेस्ट फ्रेन्ड छन्,’ आरजूले भनिन् ।

प्रतिकृया दिनुहोस्