काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी उपकरण बनाउनेलाई प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ । आविष्कार केन्द्रका प्रमुख महावीर पुनले यस्तो घोषणा गरेका हुन् । उनले नेपाली किसानले बाँदरबाट धेरै नै दुःख पाएकाले प्रभावकारी उपाय खोजेको उल्लेख गर्दै १० लाख रुपैयाँ पुरस्कारस्वरूप प्रदान गर्न लागेको जनाएका छन् ।
ग्रामीण भेगमा बाँदरले बाली खाएर किसानलाई हैरान बनाउने गरेको छ । यसअघि बन्दुक पड्काउने, चर्को ध्वनी निकाल्नेलगायत उपकरणहरुको सहायतामा बाँदरलाई लखेट्ने गरिएको भएपनि अहिले यी उपायबाट बाँदर डराउन र भाग्न छोडेको किसानले बताउँदै आएका छन् ।