×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज जनार्दनसँग बयान लिएर समितिको म्याद थप्ने तयारी

आज जनार्दनसँग बयान लिएर समितिको म्याद थप्ने तयारी

काठमाडौँ-  संसदीय विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ। समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो।

शर्मासँग बिहान साढे ८ बजे  बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो, जुन शुक्रबार सकिँदैछ। समितिले समय थप्‍न प्रस्ताव लैजाने जनाएको छ। प्रतिवेदन निर्माण गर्न समय अभाव भएकाले ७ दिन म्याद थप्‍न आग्रह गर्दैछ।

प्रतिकृया दिनुहोस्