×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

बेलायतबाट एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

बेलायतबाट  एक लाख ३० हजार डोज खोप नेपाल आइपुग्यो

 काठमाडौं - बेलायतले नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् । बेलायतको सहयोगले कोरोना महामारीको उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास उनको थियो ।
नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्