काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारका दुई जना मन्त्री सवार सरकारी गाडी एकआपसमा ठोक्किएका छन् ।
मंगलबार कैलालीको चिसापानीमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीका गाडी जुधेका हुन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुन चिसापानी पुगेका थिए । सोही कार्यक्रममा जाने क्रममा मन्त्रीद्वय सवार गाडी दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडीले मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
मंगलबार दिउँसो करिब सवा १ बजे भएको उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको डीएसपी सिंहले बताए । उनका अनुसार दुवै गाडीमा भने क्षति पुगेको छ ।
ठक्करबाट मन्त्री पालको गाडीको पछाडिको भागमा र मन्त्री सार्कीको गाडीको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ ।