×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका -२ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएको छ । 

मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना – ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारुलाई सोही  ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ ।

प्रतिकृया दिनुहोस्