×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

काठमाडौँ- काठमाडौँमा अनलाइनमार्फत जुवा (बिङ्गो) खेलिरहेका ७४ जना पक्राउ परेका छन् । आइतबार काठमाडौँ महानगरपालिका-६ नयाँबस्तीस्थित दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा ८ जना महिला र ६६ पुरुष छन् ।

उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्