काठमाडौँ- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।
कार्की ३६ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । त्यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ । समानुपातिकतर्फ भने मतगणना जारी छ ।