×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनार्दनबारे प्रचण्डलाई माओवादीका अरु नेताका तीन सुझाव

जनार्दनबारे प्रचण्डलाई माओवादीका अरु नेताका तीन सुझाव

काठमाडौँ- निरन्तर विवादमा तानिँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन माओवादीका अरु नेताले दबाब दिएका छन् । शर्माको कार्यशैलीबारे माओवादी केन्द्रका अरु नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक रुपमा भेटर उनलाई पदबाट हटाउन आग्रह गरेका हुन् ।

गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आलोचित भएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई करका दर हेरफेर गर्न दिएपछि उनीमाथि थप प्रश्न उठेको छ ।

बुधबार र बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरुले शर्माबारे अध्यक्ष दाहाललाई तीन बुँदे सुझाव दिएका हुन् ।

स्रोतका अनुसार नेताहरुले पहिलो विकल्पका रुपमा उनलाई राजीनामा गराउन सुझाव दिएका छन् । दोस्रो विकल्पका रुपमा अध्यक्षले उनलाई हटाउनु पर्ने र तेस्रो विकल्पका रुपमा सबै मन्त्रीहरुलाई सामूहिक रुपमा फिर्ता बोलाएर सबै मन्त्रालयमा नयाँ अनुहार पठाउन भनेका छन् ।

मन्त्रिपरिषद बैठकमै शर्माको आलोचना भएको थियो । अरु मन्त्रीको आलोचनापछि शर्मा राजीनामा दिन तयार भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन् ।

प्रतिकृया दिनुहोस्