×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४ घण्टामा थप ४३८ जना कोरोना संक्रमित फेला, २ जनाको मृत्यु

२४ घण्टामा थप ४३८ जना कोरोना संक्रमित फेला, २ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नमुना परीक्षण गर्दा ४३८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७७९ पीसीआरमा २९२ र १ हजार ९२० एन्टीजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५८ हजार ५५९ जनाले खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्