बाजुरा- बाजुरामा मतगणना रोकिएको छ। निर्वाचन भएको लामो समयपछि सुरु भएको मतगणना मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि रोकिएको हो । बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो ।
यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।