×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

बुधबार मुलकका विभिन्न स्थानमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

जसकारण बुधबार बिहान प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

दिउँसाे प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको । 

बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

 

 

प्रतिकृया दिनुहोस्