×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

रामेछापमा जिप दुर्घटना हुदा १ को मृत्यु, ४ जना घाइते

रामेछापमा जिप दुर्घटना हुदा १ को  मृत्यु, ४ जना घाइते

रामेछाप - रामेछापकाे सुनापति गाउँपालिका-४ बेथानकाे पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । चार जना घाइते भएका छन् ।
प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजाे बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका-३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीकाे ज्यान गएकाे हाे । उहाँकाे काभ्रेकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका अन्यकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे । 
 

प्रतिकृया दिनुहोस्