×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्सेमा गिरावट, एक अर्बको पनि भएन कारोबार

नेप्सेमा गिरावट, एक अर्बको पनि भएन कारोबार

काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ ।

बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । बुधबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १४० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ६३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

प्रतिकृया दिनुहोस्