×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

लस्कर फुड्स डेलिभरी एण्ड सर्भिसेस सञ्चालन

लस्कर फुड्स डेलिभरी एण्ड सर्भिसेस सञ्चालन

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा सेवा सुरु गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

कोरोना महामारीका बेला भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्‍याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाडौंबाट सेवा सञ्चालनमा ल्याएका छौं । गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ।’

लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु रहेको ओस्तीले बताए । काठमाडौंमा रहेको सर्वसाधरण व्यस्त हुने र अनलाइन इ-कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ । यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पुर्‍याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त प्रमुख कार्यकारी अधिकृत ओस्ती बताउँछन् ।

बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको ओस्तीको दाबी छ । गत सातादेखि सञ्चालनमा आएको लस्कर फुड्सको काठमाडौंको विभिन्न ठाउँमा आफ्नै किचेन रहेकोछ । लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउने छन् ।

सुरुवाती चरणमा लस्कर फुड्सले खाना पुर्‍याएको डेलिभरी चार्ज नलिने र दुईमा एक फ्री विरियानी योजना अघि सारेको छ । प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए ।

 
 

प्रतिकृया दिनुहोस्