काठमाडौँ- निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोलले शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन लगाएतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बाेलाइएको जानकारी दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।’