×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

राहुल गान्धीको सांसद पद चैट

राहुल गान्धीको सांसद पद चैट

एजेन्सी- चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका थिए । यो जानकारी लोकसभा सचिवालयले जारी गरेको सूचनामा दिइएको हो ।

केरलाको वायनाड लोकसभा सीटका सांसद राहुल गान्धीलाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको छ ।
यस्तो भारतीय संविधानको अनुच्छेद १०२(१) र जन प्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ । यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।

सन् २०१९ को यो मामला राहुल गान्धीले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ, जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरको उपनाम कसरी मोदी भयो ?’

अदालतको यो निर्णयले राहुल गान्धीको लोकसभाको सदस्यतामा सङ्कट पैदा भएको थियो । यस सङ्कटको कारण जनप्रतिनिधित्व ऐन, १९५१ को प्रावधान र सर्वोच्च अदालतले दिएका पुराना फैसलाहरू थिए ।

प्रतिकृया दिनुहोस्