×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

एमालेबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

काठमाडौं- एक २८ वर्षीया महिलामाथि बलात्कारको आरोप लागेका बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका-१ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्।

महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ।

दुबैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। पीडित महिला परिवारकै संरक्षण रहेकी छन्। नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्