×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिमपहिरोमा बेपत्ता एक जनाको शव भेटियो

हिमपहिरोमा बेपत्ता एक जनाको शव भेटियो

काठमाडौं-  दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित भोलिङमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।

ब्यासको छाङ्रुमा रहेका सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा सोमबार दिउँसो थप एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू र सीतापुल प्रहरी टोलीले उक्त शव फेला पारेको हो । यसअघि अन्य तीन जनाको शव फेला परेको थियो । दार्चुलाको दुहु गाउँपालिका–४ पोस्सेकी कमला कुँवर, उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका–२ बुडरीकी १५ वर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात रहेको छ । यार्सागुम्बा टिप्नका लागि भोलममा पुगेका उनीहरु हिमपहिरोमा परेका थिए

प्रतिकृया दिनुहोस्