×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौँ विस्थापित

ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौँ विस्थापित

ब्राजिल- भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको छ। यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो। ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ।

त्यस सहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस्