×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

पुर्णिमा लामाको स्वरमा रुपै मोहनी सार्वजानिक

पुर्णिमा लामाको स्वरमा रुपै मोहनी सार्वजानिक

काठमाडौँ - कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ ।

चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको  शब्द, भिम बि. सी.,को संगीत  र संगीत संयोजन आमोस तामाङ को रहेको छ ।

जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन ।

दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल  बाट सार्वजानिक गरिएको हो ।

संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले  कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक  देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेको छ । चर्चित गायिका पुर्णिमा लामा ले हाल सम्मा  झन्डै ४–५०० भन्दा बढी गीत गाई सकेकी छिन् ।

चर्चित गायिका लामा को योगदान ले  नेपाली गीत संगीत क्षेत्र लाई थप उच्चाईमा पुर्‍याउन महत्वपुर्ण भुमिका रहेको छ भने लामा एक असाधरण क्षमताकी खानी हुन ।

प्रतिकृया दिनुहोस्