×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाल मन्दिरको २५ रोपनी जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने

बाल मन्दिरको २५ रोपनी जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने

काठमाडौं - काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको छ । 

उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो । 

मुद्दा चलाउने निर्णयसहित प्रक्रिया अघि बढेको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए । 

गत माघ १५ मा जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेर सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा फाइल पठाएकोमा उच्चले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउन सिफारिसहित स्वीकृतिका लागि फाइल पठाएको थियो । 

दुई तहको सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भनेर भएको निर्णय सदर गराउनका लागि महान्यायाधिवक्ता समक्ष फाइल लगिए पनि अनुसन्धान प्रतिवेदनबाट मुद्दा चलाउने निर्णय भएको सहमहान्यायाधिवक्ता दाहालले जानकारी दिए । 

बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप प्रतिवादीहरूमाथि छ ।

प्रतिकृया दिनुहोस्