×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज संसद्‌मा ‘स्थान रिक्तता’को जानकारी गराइने

आज संसद्‌मा ‘स्थान रिक्तता’को जानकारी गराइने

काठमाडौँ-  संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा स्थान रिक्तताको जानकारी गराइने भएको छ ।

सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनकाअनुसार सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसला प्राप्त भइरहेको छ । संवैधानिक व्यवस्था अनुसार स्थान रिक्तताको जानकारी संसद्लाई गराएर निर्वाचन आयोगलाई आजै पत्र पठाइने प्रवक्ता गिरीले बताए । त्यसपछि उपनिर्वाचनको मिति घोषणा र तयारी आयोगले गर्ने उनको भनाई छ ।

सर्वोच्चको फैसलाले रविको सांसद पद खारेज गरिदिएकाले उनी संसद् बैठकमा सहभागी हुन पाउने छैनन् । यद्यपि गैरसांसद् पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था अनुसार उनले फेरि गृह मन्त्रालयमै फर्किने कसरत जारी राखेका छन् ।

आजको संसद् बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९’ पेस गर्ने पनि छ ।

प्रतिकृया दिनुहोस्