×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ८३ जनामा काेराेना संक्रमण

थप ८३ जनामा काेराेना संक्रमण

काठमाडाैँ- नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप १ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ७ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्