×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेल्जियमको जित, फ्रान्स रोकियो

बेल्जियमको जित, फ्रान्स रोकियो

काठमाडाैँ- महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । 

फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले इटालीलाई १-० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्