×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिलिपिन्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, गुल्शनको डेव्यू

फिलिपिन्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, गुल्शनको डेव्यू

काठमाडौं -  आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । 

ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । 

नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । 

 नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।

यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा र अभिनाश बोहरा ।

प्रतिकृया दिनुहोस्