×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

भङ्गेरालाई किन भनिन्छ ‘सेक्सी चरा’ ?

भङ्गेरालाई  किन भनिन्छ ‘सेक्सी चरा’ ?

भङ्गेरा कामुक चरा ! महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?

 

वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौनउत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए । जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन उत्तेजना बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन उत्तेजना बढाउँछ । विगत देखि नै यौन उत्तेजना बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

अद्भूत यौन शक्ति
भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।- एजेन्सी

प्रतिकृया दिनुहोस्