बैतडी- सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्द रहेकी पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो । मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान मृत्यु भएको हाे ।
सर्पले डसेकाे राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बाेलाउन जादा बिहान मृत्यु भएको हाे। मृतक अनिता जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन् ।