अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको देख्न चाहने ब्राजिलियनको आलोचनामा नेइमार उत्रिएका छन् । जारी कोपा अमेरिका फुटबलको फाइनलमा नेपाली समय अनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक ब्राजिलका केही समर्थक भने विपक्षी टिम अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हेर्न चाहेको बताइरहेका छन् ।
स्थानीयको अर्जेन्टिनाप्रतिको समर्थनले नेइमार आक्रोशित भएका हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरी मार्फत आलोचना गरेका हुन् ।
उनले लेखेका छन्, ूम ब्राजिलियन हुँ र यसमा गर्व छ र आफ्नो राष्ट्रको माया छ । जहिले पनि ब्राजिलको राष्ट्रिय टिममा पर्ने सपना थियो र समर्थकहरुले हुटिङ्ग गरिरहेको सुन्ने पनि । खेल, मोडलिङ्ग वा अस्कर, ब्राजिल केही कुरामा प्रतिस्पर्धामा छ भने म जहिले पनि ब्राजिलकै पक्षमा हुन्छ र कहिल्यै पनि ब्राजिलमाथि आक्रामक रुपमा प्रस्तुत भएको छैन र हुने छैन ।
उनले अघि लेखेलका छन्, ूयदि ब्राजिलका लागि हो भने म जहिले पनि ब्राजिलकै पक्षमा हुन्छु र कुनै पनि ब्राजिलियन यो भन्दा फरक गर्छ ररु ठीकै छ, म यसलाई पनि सम्मान गर्छु, र ब्राजिलको विपक्षमा रहनेहरु गो टू हेल ।