×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोठभित्र पसेर बाघले बाख्रा खायाे

गोठभित्र पसेर बाघले बाख्रा खायाे

तुल्सीपुर -  बबई गाउँपालिका वडा नम्बर ५ मा गोठमै राखेका १४ वटा बाख्रा बिहीबार बाघले मारेको छ । त्यसैगरी, वडा नम्बर ७ को कृष्णपुरमा हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ । इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीका अनुसार वडा नम्बर ५ बगरपुरका देवबहादुर वलीका १४ वटै बाख्रा बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेका हुन् । करिब दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । पाठा भने घरमै राखिएकाले सुरक्षित रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सो क्षेत्रमा बाघले घर पालुवा जनावर मारेको बबई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर श्रीषले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्