×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नौ पालिकामा माओवादी केन्द्रकाे अधिवेशन सम्पन्न

नौ पालिकामा माओवादी केन्द्रकाे अधिवेशन सम्पन्न

बैतडी- नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

बाँकी रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे । रासस

प्रतिकृया दिनुहोस्