×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

चीनका विद्यालयमा सी चिनफिङको विचार पढाइने

चीनका विद्यालयमा सी चिनफिङको विचार पढाइने

सन् २०१८ मा चिनियाँ संविधानमा सी चिनफिङ विचार समावेश गरिएको थियो । त्यसको ठिक तीन वर्षमा फेरि त्यहि विचार अब चिनियाँ पाठ्यक्रममै समावेश हुने भएको छ ।

चीनको राष्ट्रपतिका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च पद महासचिव, केन्द्रीय शैन्य आयोजना प्रमुखसमेत रहेका सी चिनिफिङको विचार प्राथमिक तहदेखि विश्वविद्यालयसम्म नै पढाइ हुने बीबीसीले जनाएको छ ।

चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार प्राथमिक तहको पाठ्यक्रमले देश, पार्टी र समाजवादको प्रेम सिकाउनेछ भने मध्यमस्कूलको पाठ्यक्रमले राजनीतिक मुल्याङ्कन र धारणाहरू दिने स्तरको बनाइने भएको हो । यस्तै, कलेज स्तरमा भने सैद्धान्तिक सोचाइका कुराहरू पाठ्यक्रममा अट्नेछन् । चीनको शिक्षा मन्त्रालयका अधिकारी तिहान हुइसेङलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले पार्टी नेतृत्व र राष्ट्रिय सुरक्षाका विषयसमेत पाठ्यक्रममा समावेश गरिने बताएको छ । चीनमा माओपछिका सबैभन्दा शक्तिशाली राष्ट्रपति भएका सीको विचारमात्रै संविधान र पाठ्यक्रममा समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ ।

हु जिन्ताओको पालामा उपराष्ट्रपति भएका सी सन् २०१३ मार्च १४ मा राष्ट्रपति चुनिएका थिए । उनी आएसँगै चीनको मुखर कूटनीति सुरु भएको मानिन्छ । देङ स्याओपिङले भन्दै आएको ‘आफ्नो सामर्थ्य लुकाऊ, समय पर्ख’ भन्ने धारणा सीले परिवर्तन गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी उत्सवमा उनले भनेको चीनलाई घेर्नेहरूको मुखमा रगत आउने भनाइ र नेपाल भ्रमणमा चीनविरुद्ध लाग्नेहरुको हड्डी धुलोपिठो बनाउने कुरालाई त्यसैको उदाहरणका रुपमा लिइन्छ ।

सामाजिक संजालमा समेत चिनियाँ कूटनीतिज्ञहरू आक्रामक हुन थालेको सी नेतृत्वमा आएपछि नै हो । त्यस्ता कूटनीतिज्ञलाई ‘वोल्फ वारियर डिप्लोमेसी’ भनेर युरोपेली र अमेरिकी मिडियामा चर्चा गरिन्छ । अमेरिकाले चीनलाई व्यापारिक साझेदारबाट रणनीतिक प्रतिस्पर्धी मानेसँगै चीन र अमेरिका दुई धार हुने देखिएको छ ।

आफ्नो वैचारिक पकड बलियो बनाउन र राष्ट्रिय जनमत पार्टीको पक्षमा बनाउन सीले विचारको प्रचारमा आक्रामक नीति लिएको हुनसक्ने पश्चिमा टिप्पणीकारहरूले लेख्दै आएका छन् ।

 
 

प्रतिकृया दिनुहोस्