×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । यसअघिका अस्ट्रेलियाली मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले करार अवधी अघिनै राजिनामा दिएपपछि क्यानले आवेदन आवेदन खुला गरेको छ ।

२०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको ह्वाटमोरले भारतीय क्लबमा आबद्ध हुनका लागि राजीनामा दिएका थिए । उनको राजीनामापछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको छ ।

प्रशिक्षकका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने क्यानले उल्लेख गरेको छ । साथै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्नेछ । इच्छुक प्रशिक्षकले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

 

 

 

प्रतिकृया दिनुहोस्