×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ- दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार बिहान ड्यूटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो । आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्