×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानको चुनाव आज: अध्यक्षमा चन्द र सचिवमा पूर्वकप्तान खड्का आउने पक्का

क्यानको चुनाव आज: अध्यक्षमा चन्द र सचिवमा पूर्वकप्तान खड्का आउने पक्का

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज हुँदैछ । शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सकिएपछि आज चुनाव हुनेछ । काठमाडौंमा हुने चुनावमा उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ : २० बजे हुनेछ ।

त्यस्तै उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११: ४० को समय तोकिएको छ । उम्मेदवारको नाम फिर्ता बिहान ११ : ५५ मा हुनेछ । उम्मेदवानरको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का सचिव पदमा लड्नेछन् । चन्दकै प्यानलमा रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा लड्नेछन् ।

पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने चर्चाछ । क्यानको चुनावमा कुल ८४ मत छ । कुनै पनि प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । झापाबाट दुई प्रतिनिधि लाक्पा लामा र मनोज कटवाल आएपछि मताधिकार नै खोसिएको हो ।

प्रतिकृया दिनुहोस्