सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका-१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका-५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ३ सय ९६ वटा नोट, २ सय दरको २ वटा नोट लगायत ५० दरको १ वटा नोट र १० दरको ४ वटा नोट गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमाथप अनुसन्धान गरिरहेको प्रहरीले छ ।