×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्यसूची

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्यसूची

काठमाडौँ- इन्डियन आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजलेमा प्रतिलिटर ४ रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य बढाएर पठाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि प्रशोधित तेलको समेत मूल्य बढाएर पठाएको आईओसीले जानकारी दिएको उपाध्ययले बताए ।

यसअघि बढेको मूल्इ अनुसार निगमलाई १५ दिनमा ४ अर्ब २५ करोड घाटा रहेको थियो । अब ४ अर्ब ५० करोडको हाराहारीमा घाटा हुने देखिएको छ ।

नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन नगरे निगमलाई घमाटा हुने उनले बताए ।

पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण झण्डै ७८ डलर प्रतिव्यारेलको हाराहारीमा रहेको कच्चा तेलको मूल्य बढेर अहिले १ सय ११ डलर पुगिसेकेको छ ।

प्रतिकृया दिनुहोस्