×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनीका मन्त्रीद्वारा राजिनामा

अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनीका मन्त्रीद्वारा राजिनामा

काठमाडौं - लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध  माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । 
राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।  ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।

प्रतिकृया दिनुहोस्