काठमाडौं- सामाजिक सञ्जालले जीवन सरल र सहज बनाएको छ । यसका धेरै फाइदा पनि छन् । तर बेफाईदा गन्ने हो भने कम छैनन् ।
अभिनेता-अभिनेताको कुरा पनि बेग्लै हुन्छ । चर्चामा आउन जे पनि बोलिदिने, खिचिदिने गर्छन् ।
अभिनेता दिपशिखा खड्काले अहिले त्यस्तै केही तस्विरहरु सामाजिक सञ्जालमा राखेकी छिन् । चितवनतिर घुम्दैछिन् उनी । यत्तिकैमा एक विद्यालय पुगिन् र मोबाइल निकालेर खिचिक्क पारिहालिन् ।
यसरी कुनै विद्यालयमा पुगेर विद्यार्थीको तस्विर लिनु कतिको जायज हो, उनै जानुन् । अझ तस्विर हेर्दा कक्षा कोठा भित्रको झैँ देखिन्छ । सम्भवत: विद्यालयको कक्षाको समयको हुनुपर्छ ।
यसरी बाहिरबाट आएको व्यक्तिलाई फोटो खिच्न अनुमति दिने विद्यालय र शिक्षक पनि त्यस्तै हुन् । हुन त विद्यालयमै पुगेर फिल्म प्रमोसन गर्ने चलन नेपालमा झैँ कहाँ होला र ?
हुन त दिपशिखालाई त्यसरी फोटो खिच्दा र सामाजिक सञ्जालमा राख्दा ती बच्चाको गोपनियताको ख्याल भएन की ? उनले त फोटो खिचिन् अनि ‘कहाँ आउँछ र घुमेर बालापनको उमेर’ लेखिदिइन् र पोस्ट गरिदिइन् ।
आगामी दिनमा यी अभिनेत्रीले यसबारेमा सोच्छिन् कि !