×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली काँग्रेस सभापति पदका लागि दोस्रो चरणकाे मतदान सकियाे

नेपाली  काँग्रेस सभापति पदका लागि दोस्रो चरणकाे मतदान सकियाे

काठमाडौं -  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ ।
मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान राति साढे नौ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयाे ।  पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा भएकाे हाे ।
सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा। शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्