×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा र लिग विवाद मुख्य एजेन्डा

क्यानको कार्यसमिति बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा र लिग विवाद मुख्य एजेन्डा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ । पोखरामा बस्ने क्यान बैठकमा नेपाल टी–२० लिग विवाद र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा मुख्य एजेन्डा रहेका छन् ।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–२० लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमिति नै दुई भागमा विभाजित भएको छ ।

केही दिनअघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए । आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिनसक्ने सम्भावनासमेत छ ।

टी–२० लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ ।   

प्रतिकृया दिनुहोस्