काठमाडौँ- नायिका वर्षा सिवाकोटीले फेसबुक डिएक्टिभ गरेकी छिन् । पछिल्लो समय उनको श्रीमान्सँग सम्बन्ध विग्रिएको खबर सार्वजनिक भैरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको उल्लेख गरेकी थिइन् । उनले, यसो लेखेपछि कतिपय मिडियाले उनलाई हृदयघात नै भएको भन्दै गलत समाचार प्रकाशन गरेका थिए ।
उनले, फेसबुक डिएक्टिभ गर्नुको कारण खुलेको छैन । तर, एकातिर मानिसहरुले गलत वुझेर स्वास्थ्य लाभको कामना लेख्नु र अर्कोतिर श्रीमान्सँगको सम्बन्धको खबर सार्वजनिक हुनु उनले फेसबुक छाड्नुको मुख्यकारण मानिएको छ ।