×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

५ दलीय गठबन्धनमा समेट्न समाजवादी केन्द्रको निवेदन

५ दलीय गठबन्धनमा समेट्न समाजवादी केन्द्रको निवेदन

काठमाडौं- वामदेव गौतमसँग अलगिएर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न आग्रह गरेका छन्।

गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटेर सफलले यस्तो आग्रह गरेका हुन्।

सफलले देउवा तथा पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह गरेका हुन्। सफलले मंगलबार विज्ञप्ति जारी गर्दै देउवा र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धनसँग लड्ने विषयमा छलफल भएको बताएका हुन्।

नेताहरुसँगको भेटमा नेपाल समाजवादी केन्द्रले पाँच दलीय गठबन्धनमा आबद्ध हुन निवेदन समेत पेश गरेको छ। उक्त निवेदन पत्रमा आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य कृष्णगोपाल बञ्झरा , नेकपा राष्ट्रवादी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य मिननाथ देवकोटा, समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफल, नेकपा (समाजवादी)स्थायी समिति सदस्य तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य बद्री यादवले हस्ताक्षार गरेका छन्।

देउवा र पौडेलले सफलले राखेको प्रस्तावको स्वागत गर्दै उक्त प्रस्ताव गठबन्धनको बैठकमा राख्ने आश्वासन दिएको उनले बताए।

प्रतिकृया दिनुहोस्