×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जन्मघरमा राष्ट्रपति भण्डारी

जन्मघरमा राष्ट्रपति भण्डारी

भोजपुर- राष्ट्रपति विद्यादेवी भण्डारी आफू जन्मिएको घर पुगेकी छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ आमबोटेमा आफ्नो जन्मघरको राष्ट्रपति भण्डारीले बुधबार अवलोकन गरेकी हुन् ।

भण्डारी आफ्नी छोरीहरूसँग उक्त घर पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको पनि उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल गरेकी थिइन् । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न रु ११ कpoरोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण गरिएको हो ।

जन्मघर नजिकै रहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएका थिए । यसैबीच उनले शिवालय मन्दिरमा पुगेर पूजा-अर्चनासमेत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्