काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ जनामा गरिएको परिक्षणमा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २७१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५२२ पुगेको छ ।
यस्तै हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमणबाट निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।