×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रकगायक तथा अभिनेता रविन तामाङको घरमै मृत फेला

रकगायक तथा अभिनेता रविन तामाङको घरमै मृत फेला

काठमाडौं -  नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उहाँ पछिल्लो समय चलचित्र अभिनयमासमेत व्यस्त हुनुहुन्थ्यो ।

‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उहाँले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।

प्रतिकृया दिनुहोस्