×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले कहिले टुङ्ग्याउँछ महानगर र उपमहानगरका उम्मेदवार ?

एमालेले कहिले टुङ्ग्याउँछ महानगर र उपमहानगरका उम्मेदवार ?

काठमाडाैँ- नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुंगो लगाउने बताए । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने र आजै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिए ।

स्थानीय निर्वाचनको घोषणापत्र आजै सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ । नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वका लागि टिकट नदिने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताए। उनले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्