काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व रक्षामन्त्री भीम रावलले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले भने, ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु ।’
नेता रावलले परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको पनि बताए । समितिको आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले ‘एसपीपी प्रकरणको च्याप्टर क्लोज भयो, अब नखोतलौँ’ भनेका थिए ।
उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा के हो रु भन्दै परराष्ट्रमन्त्रीलाइृ प्रश्न समेत गरे । ‘परराष्ट्रमन्त्रीले अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीको क्याम्प भ्रमणलाई राष्ट्रिय हितको बिषय भएको बताउनुभएको छ त्यो कुरा म यो समितिमा उपलब्ध गराउन सक्छु’, रावलले भने ‘यस्तो परराष्ट्रमन्त्री भएपछि नेपालको परराष्ट्रनीति कसरी कार्यान्वयन हुनसक्छ रु’
उनले नेपाली सेनाले अमेरिकालाई पत्र लेखेकोबारे प्रष्ट पारेकोमा धन्यवाद दिँदै भने, ‘तर एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने रु यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे विचार गर्न आवश्यक छ ।’